मंग्पू: वर्तमान विभिन्न क्षेत्रहरुमा प्रतियोगितात्मक दौड संगै शिक्षा क्षेत्रमा पनि होडबाजी तथा शिक्षा स्तर विभिन्न ढाँचामा अघि बढाउन शिक्षालयहरु लागिपरेका छन् |यस्तै आफ्नो भगीरथ प्रयाशमा लिटल एन्जेल एकाडेमी लाब्दा खास(बस्ति) मा सन् २००९ मा अंग्रेजी विधालय स्थापित गरी शिक्षा प्रदान गर्ने शिक्षालयका
प्रधान अध्यापक राजेश तामांग अनि अर्चना गुरुंगको प्रयाशमा सम्पूर्ण लाब्दा बस्ती मंग्पू क्षेत्रका गरीब देखि उच्चवर्गका नानीहरुलाई शिक्षा प्रदान गरी भविष्यको उज्ज्वल तारा बनाउने कारिगरको भूमिका निर्वाह गरिरहेका छन् | यसै विधालयले गोपाल राइको अध्यक्षतामा वार्षिक कार्यक्रम तथा पारितोषिक वितरण कार्यक्रम सम्पन्न गर्यो | उक्त कार्यक्रममा सुजित महाकुण्ड एन० एच० पी० सी० सहायक वव्यवस्थापक, उर्गेन शेर्पा, विवेक छेत्री, रोशन छेत्री साथै अभिभावकवर्ग, लाब्दा खासबासीउपस्थित थिए | कार्यक्रम शुरुमा नानीहरु द्वारा स्वागत गीत प्रस्तुत गरे| शरुवातमा भएको कार्यक्रममा मुख्य अतिथिको बाहुलीबाट विधा देवी सरस्वती माताको प्रतिमामा दीप जलन गरियो | स- साना नानीहरुले नृत्य तथा नाटक पनि प्रस्तुत गरे | कार्यक्रममा एन० एच० पी० सी० सह व्यवस्थापक सुजित महाकुण्डलाई विधालयको प्रधान अध्यापकको बाहुलीबाट स्मृति चिन्हप्रदान गरियो साथै २०११ सत्रको प्रत्येक कक्षामा प्रथम, दोश्रो अनि तेश्रो दर्जामा उतिर्ण हुने विधार्थीहरुलाई साथै नाटक कलाकार नानीहरुलाई उपस्थित अतिथिवर्गको बाहुलीबाट पारितोषिक वितरण गरियो | लिटल एन्जेल एकाडेमीको शिक्षालाई आधुनिकरण स्वरुप आइ० सी० एस० इ० मार्फत असल शिक्षा प्रदान गरिने
जानकारी प्रधान अध्यापकले जनाएका छन् भने उक्त आइ० सी० एस० इ० यही आगमी २०१२ देखि शुरुवात गर्दै स्कूलमा पुस्तकालय पनि उपलब्द गराउने प्रधान अध्यापकले जनाएका छन् | कार्यक्रममा उर्गेन शेर्पा, विवेक छेत्री, रोशन छेत्री, मोहनलाल शेर्पा, ए० के० राई, उत्तम तामांग लगायत जगतमनी राई, सुजित महाकुण्ड आदिले पनि बिशेष सम्बोधन गरे| अन्तमा सभापतिले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना प्रकट गर्दै पुरस्कृत नानीहरुलाई बधाई दिएर कार्यक्रम अन्त भयो |

Post a Comment
We love to hear from you! What's on your mind?