लेप्चा डेभलभमेन्ट काउन्सिल यथा सिग्रह गठन गरिनुपर्ने माग

कालेबुंग/डी०के० वाइबा: लेप्चा जातिको भाषा, संस्कृति आदिको बिकास गर्न हेतु हामीले लेप्चा डेभलभमेन्ट काउन्सिल मागेका हौ | २ सितम्बरको दिन बंगालको बिधान सभामा लेप्चा डेभलभमेन्ट काउन्सिलको चर्चा भयो | यो खुशीको कुरा भएपनि जबसम्म यस काउन्सिल लागु हुदैन तबसम्म राइट मोभमेन्ट जारी रहने छ | सरकारले यस कुरालाई मध्नाजर राखेर यथा सिग्रह गठन गर्नुपर्छ | यदी लेप्चा डेभलभमेन्ट काउन्सिल हुनमा ढिलो भएर आन्दोलन अर्को दिशामा गए यसको जिम्मेवारी सरकार नै हुनेछ - उक्त कुरा लेप्चा युवा संगठनका अध्यक्ष दोर्जी टीरिंगले यहाँ मेला गराउण्डमा आयोजित लेप्चा राजा गेबू आच्योकको २८० औ जन्मदिनको अवसरमा भनेका हुन् | तिनले लेप्चा राजा ग्याबू आच्योक यस क्षेत्रको जाति र माटोको रक्षार्थ शहिद भएको दाबी गर्दै त्यही राजाका सन्तानहरुको सुरक्षार्थ लेप्चा डेभलभमेन्ट काउन्सिल यथा सिग्रह बनिनुपर्ने माग गरे | तिनले जबसम्म सरकारले उक्त काउन्सिल गठन गर्दैन तबसम्म लेप्चा राइट मोभ्मेंट जारी रहेको बताउदै आवश्यक परे क्रिसमसको दिन लेप्चा फादरहरु पनि गिर्जा छोडेर सडकमा ओर्लिन पर्ने बताए | लेप्चाहरु अल्प संख्याक रहेको कारण अन्य जतिको अतिक्रमण बढिरहेको दाबी गर्दै सरकारले सही समयमा सही कार्य नगरे आन्दोलन अन्य दिशातिर जाने तिनले चेतावनी दिए | लेप्चा समुदायका मानिसहरुलाई आर्थिक, राजनैतिक, सांस्कृतिक रुपले दबाईरहेको बताउदै आगमी २०१२ देखि सरकारले लेप्चा भाषाका पाठ्य पुस्तक प्रकाशन अनि विधालयहरुमा पठनको सुबिधा समेत उपलब्द गराउन पर्ने माग गरे | कार्यक्रममा इन्दडीजेनियस लेप्चा ट्राइबल एसोसिएसनका अद्यक्ष ल्यांगसंग तामसोंगले सम्बोधन गर्दै यस क्षेत्रको बिकासको र रक्षाको निम्ति लेप्चाहरु आफ्नो ज्यान दिन समेत तयार रहेको बताए | तिनले लेप्चा भाषा संस्कार र संस्कृतिको निम्ति अब सरकारले चाडो सही कदम उठाउनपर्ने माग गरे | लेप्चा समुदायका मानिसहरुको आयोजनामा आज यहाँको मेला ग्राउण्डमा गेबू आच्योकको २८० औ जन्म दिवश पालन गरियो| पद्मश्री सोनाम छिरिंग लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रुपमा इंग्लेंण्डका माइकल वे उपस्थित थिए | यसका साथै प्रो० प्रकाश सी पटनायक, प्रो० डी० सी० रोय आदि विशिस्ट अतिथिका रुपमा उपस्थित थिए | यस अवसरमा दार्जीलिंग, सिलिगुडी, कालेबुंग, खरसांग, मिरिक लगायत अन्य स्थलबाट लेप्चा समुदायका मानिसहरुले पारम्परिक पूजा गरियो भने १० माइल देखि मेला ग्राउण्डसम्म र्याली पनि निकालिएको थियो |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.