ममता ब्यनार्जीको स्वीजरल्याण्ड के सरकारी राशन समेत नपाउने ठाउँ हो? - तारा सुन्दास

कालेबुंग/ डी० के० वाइबा: बङ्गालका मुख्यमन्त्री ममता ब्यनार्जीले दार्जीलिंग पहाडलाई स्वीजरल्याण्ड बनाइदिने अगावै घोषणा गरेका छन् भने दार्जीलिंग पहाडका मानिसहरुले भने विगत तीन हप्ता देखि सरकारी राशन नपाएको खुलासा भएको छ| गत तीन हप्ता देखि सरकारी राशनमा आँटा अनि गहुँ नपाएको माकपा नेता तारा सुन्दासले खुलासा गर्दै यस कुराले मुख्य मन्त्री ब्यनार्जीको पोल खोलिएको दाबी गरेका छन् | मुख्य मन्त्रीले बङ्गालको सत्ता सम्हाले पछि जंगल महल र दार्जीलिंग पहाडमा डबल राशन दिने घोषणा गरेको बताउदै जंगल महलमा एक किलो प्राप्त गर्नेले २ किलो पाए नपि दार्जीलिंग पहाडमा भने केवल एक पावा मात्र धेर पाएको सरकारी रिपोर्टले खुलासा गरेको तारा सुन्दासले बताए | यस सम्बन्धमा तिनले आपत्ति जनाउदै गरीब जनताहरुलाई वितरण गरिनुपर्ने रहल ३ पावा खाध्यन्न कसले खादैछ ? भन्ने प्रश्न गरे | तिनले मुख्य मन्त्री प्रति कटाक्ष गर्दै जनतालाई थोत्रे आश्वासन नदेखाउने अनुरोध गर्दै तिनले भनेको स्वीजरल्याण्ड के सरकारी राशन समेत नपाउने ठाउँ हो भनि प्रश्न गरे | विगत ३ हप्ता देखि सरकारी राशन नपाएको सन्दर्भमा आफुलेजिल्ला खाध्य अधिकारी र महकुमा खाध्य अधिकारी सित बारम्बार सम्पर्क गरेर जानकारी लिइरहेको बताउदै बङ्गालमा त्रिन्मूल सरकारले गरीबहरुलाई समस्या मुक्त पर्छु भनेर उल्टा मर्ने कार्य गरिरहेको तिनले आरोप लगाए | तिनले मुख्य मन्त्रीलाई आफ्नो घोषणालाई कार्यरूपमा परिणत गर्ने सुझाउ दिदै तिनले सम्झेका स्वीजरल्याण्ड सायद भोकै खान नपाएर मर्न पर्ने जनताहरु रहेको ठाउँ हो कि भन्ने व्यंग कसे | यस सन्दर्भमा सरकारले सही पहल गर्नु पर्ने माग गर्दै सरकारी राशन समयमा जनताले पाउन नसक्नु दुर्भाग्य रहेको बताएका छन् | उक्त राशन सम्बन्धि बात गर्दा खाध्य निगम भारत सरकारले नपठाएको जिल्ला खाध्य अधिकारीले आफुलाई जानकारी दिएको बताउदै किन दार्जीलिंग पहाडमा सरकारले राशन पठाएका छैन भनि प्रश्न गरे | वास्तवमा उक्त कुरा सही नरहेको बताउदै दार्जीलिंग पहाडमा राशन सर्वाहमा अनियमितता माथि रोक लगाउन एउटा छुट्टै खाध्य भण्डार सरकारले बनाउन पर्ने माकपा नेता तारा सुन्दासले माग गरे |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.