टास्क फोर्स र क्रामाकपाले बाघपुल काटेर समतलमा आन्दोलन गरेर देखाओस – बिमल गुरुङ

डी के वाइबा, कालेबुङ 20 जुलाई: तृणमूल कङ्ग्रेसले जीटीए चुनाउमा मोठ 17 वटा आसनहरुमा उम्मेद्वार खडा गरे पनि हाईकमाण्डले चुनाउ नलड्ने घोषणा गरेको कारण मोर्चालाई रहल सिटहरुको निम्ति कुनै जोड्दार कसरत गर्न नपर्ने भएको छ। यद्यपी मोर्काले चुनाउ प्रचार कार्यलाई भने तिब्र गतिमा अघि बडाउँने कार्य गरिरहेको छ। यसै कममा आज मोर्चाको चुनावी जनसभा 42 नम्बर रेली समथार समष्टि अन्तर्गत शंकर हाई स्कूलको जनमैदानमा सम्पन्न भयो। यस अवसरमा चुनाउ प्रचारको निम्ति उक्त जनाभामा मुख्य रुपले गोजमुमो प्रमुख बिमल गुरुङ उपस्थित रहेका थिए। कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त जनसभामा क्षेत्रमा प्रार्थी डा आर्बी भुजेल, मोर्चा उपाध्यक्ष प्रदिप प्रधान, सहसचिव बिनय तामङ लगायत अन्य नेतृत्वबर्ग उक्त चुनावी जनसभामा उपस्थित रहेका थिए। यस अवसरमा मोर्चा प्रार्थी डा आर्बी भुजेलको चुनाउ प्रचारमा पुगेका बिमल गुरुङले जनसभालाई सम्बोधन गर्दै जीटीए गठन पछि क्षेत्रको सर्वाङ्गिन बिकाश जीटीएको माध्यमबाट गरिने तिनले दाबी गरे। चुनावी जनसभालाई सम्बोधन गर्दै बिमल गुरुङले 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिबाट पार्टीले टिकट नदिदा निर्दलीय प्रार्थीको रुपमा खडा भएका सञ्चबीर सुब्बालाई चुनाव नलड्ने घोषणा गर्ने अनुरोध गर्दै तृणमूल कङ्ग्रेसले चुनाउ नलड्ने घोषणा गरिसकेपछि अब सञ्चबीर सुब्बाले पनि चुनाउ लड्न उचित नहुने बताए। तिनले क्षेत्रको बिकाशको निम्ति मोर्चालाई नै बिजयी बनाउँनुपर्ने आह्वान गर्दै यदि निर्दलीय प्रार्थीले बिजय हासिल गरे कुनै फरक नपर्नुको साथै सम्पूर्ण 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिनै बिकाश कार्यबाट बञ्चित बन्ने तिनले स्पष्ट बताएका छन। तिनले निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा आफ्नै भाई रहेको बताउँदै तिनलाई चुनाउ नलड्ने अनुरोध गर्न आफुलेनै फोन समेत गरेको जानकारी गराउँदै आफ्नो कुरालाई नमानेर तिनले मोर्चालाई धोका दिएको आरोप लगाएका छन। यद्यपी समय अझै बाँकी रहेको बताउँदै सुब्बाले सञ्चबीर सुब्बाले चुनाउ नलड्ने घोषणा गर्न चाहे भोलि बेलुकिसम्म समय रहेको तिनले बताएका छन। तिनले सञ्चबीर सुब्बालाई चुनाउ नलड्ने घोषणा गर्ने अझै एकचोटि मौका दिएको बताउँदै यदि भोली बेलुकिसम्म पनि तिनले चुनाउ नलड्ने घोषणा नगरे एकजना निर्दलीय प्रार्थीले केहि गर्न नसक्ने समेत दाबी गरेका छन। सञ्चबीर सुब्बा पार्टीमा खटेको ब्यक्ति रहेको बताउँदै पार्टीमा ख़ट्यो भन्दैमा टिकट नपाउँदा यसरी निर्दलीय उम्मेद्वारको रुपमा खडा हुनु पार्टीको आचर सहितालाई पालन नगर्नु हो भन्दै सबैले पार्टीको आचर सिहाता पालन गर्नुपर्ने तिनले बताए। यस कार्यलाई जनताले समेत राम्ररी बुझ्न आवश्यक रहेको बताउँदै एकजना ब्यक्तिको कारण क्षेत्रको बिकाश कार्यबाट बञ्चित हुने कार्य जनताले गर्न नहुने तिनले अनुरोध गरेका छन। यसैक्रमा तिनले 18 जुलाईको दिन जीटीए सम्झौता दिवसलाई गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो)ले ‘कालो दिवस’को रुपमा पालन गरेको कार्यबारे टिप्पणी गर्दै बिगत अस्सीको दशकमा गोर्खाल्याण्ड आन्दोलनक्रममा 12 सय शहिद बनाउँनेहरुले नै अहिले जीटीएलाई कालोदिवसको रुपमा पालन गर्ने कार्य गरेको तिनले आरोप लगाएका छ्न। तिनी टास्क फोर्समाथि बर्सिन्दै  सुवास घिसिङले 21 वर्ष जनतालाई जसरी चुसेर राखे त्यसरी नै चुस्न अहिले टास्क फोर्सले षडयन्त्र रचिरहेको तिनले आरोप लगाएका छन। तिनले टास्क फोर्सको कार्य प्रणाली प्रति टिप्पणी गर्दै टास्क फोर्स र क्रामाकपाले बाघपुल काटेर समतलमा आन्दोलन गरेर देखाउँनु भनि चुनौति दिएका छन। अहिले सम्म क्रामाकपा अनि गोर्खाल्याण्ड टास्क फोर्सले तराई डुवर्समा कुनै आन्दोलन गर्न नसकेको दाबी गर्दै यिनीहरुको कार्य केवल मोर्चाको कार्यलाई आलोचना गर्नुमात्र रहेको बताएका छन। अस्सिको दशकमा सुबास घिसिङले 12 शहिद बनाएर दागोपाप ल्याएको बताउँदै आफुले त शान्ति प्रक्रियाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ल्याउँन सफल बनेको दाबी गर्दै आन्दोलन गर्न नसक्नेहरुले आन्दोलन गरेर ल्याएको चिजलाई स्वीकार गर्नुपर्ने तिनले जनाएका छन। टास्क फोर्सले मोर्चालाई बारम्बार तराई डुवर्स छोड्यो भनेर आरोप लगाईरहेको सन्दर्भमा बोल्दै तिनले जीटीए गठन भएको दिन नै पार्टीले सम्पूर्ण सदस्यहरुको उपस्थितिमा तराई डुवर्सको भूभाग अन्तर्भुक्तिको निम्ति प्रस्ताव पारित गर्ने जानकारी दिनै त्यसपछि मोर्चाले तराई डुवर्सको भूभाग अन्तरभुक्तिको निम्ति कार्य गर्ने तिनले घोषणा गरेका छन।

तृणमूल कङ्ग्रेसले जीटीए चुनाउमा मोठ 17 वटा आसनहरुमा उम्मेद्वार खडा गरे पनि हाईकमाण्डले चुनाउ नलड्ने घोषणा गरेको कारण मोर्चालाई रहल सिटहरुको निम्ति कुनै जोड्दार कसरत गर्न नपर्ने भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.