मङपुमा मोर्चाको मौन जुलूस

मङपु१६मार्च(केशर मोक्तान): राज्य सरकारको  शोषण र दमन नीतिको प्रतिबाद गर्दै , छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा मोर्चाले मङपुमा मौन जुलूस निकाले | गोजमुमो मङपु जोनको आयोजनमा सम्पन्न उक्त मौन जुलुसमा मोर्चाका विभिन्न भातृसंगठनका कार्यकर्ताहरु उपस्थित रहेका थिए | यहाको नालीडाड़ाबाट  शुरु भएको उक्त मौन जुलुस रेसेप बजार परिक्रम गरि सोहि स्थानमा आएर पथ सभामा परिणत भयो भने उक्त जुलुसमा भरि मात्रामा मोर्चा समर्थकहरु उपस्थित रहेको थियो | मोर्चा मङपु जोन अध्यक्ष प्रदीप छेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त पथ सभालाई सम्बोधन गर्दै जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापाले त्रिनमुलनेत्री ममता ब्यनार्जीको कारण पहाड़ आज  यस्तो महल सृस्टि भएको बताउदै यहाको परिवेश यस्तो हुनुको जिमेवार राज्य सरकारलाई  नै जान्छ | आज शान्त पहाड़मा अर्ध सैनिक बल खनाएर त्रिनमुल नेत्री ममता ब्यानेर्जीले हाम्रो मुद्धलाई दबाउन खोजी रहेको सभसद थापाले आरोप लगाए | आज यहा पनि सी.आर.पी.को आर्डमा आएर दुई चार जनाले त्रिनमुल गठन गरेर यहाको शान्त वातवरणलाई अशान्ती बनाउन खोजीरहेको बताए | अनि यस्ता मौकाबदी नेताहरु सित सबै होसियारी रहने आवगत गराए | मोर्चा मङपु जोन सचिव रतन लामाले स्वागत सम्भाषण राखेको उक्त पथ सभालाई सम्बोधन गर्दै दा.ता.डु.प्लान,ले,यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले यहाको शान्ती स्रिन्खललाई  भंग गर्दै पहाड़ अर्धसैनिक बल पठाएकोमा घोर बिरोध गर्दै आज मोर्चले राज्य सरकारको नीतिको बिरोधमा प्रतिबाद गर्दै धिकार मौन जुलूस निकालेको बताए | सचिव राईले अर्ध सैनिक बल पहाड़मा होइन दिउसै गणतन्त्रको हत्या हुने अनि पुलिस अधिकारीको हत्या हुने ठाउँ कोलकत्तामा नै राख्ने राज्य सरकारलाई सुजाव दिए |

राज्य सरकारको शोषण र दमन नीतिको प्रतिबाद गर्दै , छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा मोर्चाले मङपुमा मौन जुलूस निकाले |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.