सभासद रतन थापाद्वरा सिम्बोडियम अर्किड पार्कको परिभ्रमण

मङपु३१मार्च(केशर मोक्तान): जी.टी.ए. बन विभागका कार्यकारिणी साभासद एवम लाब्दा मङपु समष्टिका सभासद रतन थापाले  मङपु सिन्कोना बगानमा अवस्थित सिम्बोडियम अर्किड पार्कको परिभ्रमण गरे | केन्द्र राष्ट्रिय कृषि बिकाश योजना अन्तरगत सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बाको पहलमा निर्माण गरिएको उक्त सिम्बोडियम अर्किड पार्कको उदघाटन आगामी तीन अप्रेलको दिन जी.टी.ए. चीफ बिमल गुरुङले गर्ने भएकोले नै सभासद थापाले त्यस् स्थलको निरकक्षण गर्न आज उक्त स्थलको परिभ्रमण गरेको बताए | आगामी ३ अप्रेलको दिन मङपु कुलैन कारखाना पुननिर्माणको निम्ति जी.टी.ए. चीफ बिमल गुरुङद्वरा आधार शिला राखिने अनि त्यसै दिन सिम्बोडियम अर्किड पार्कको उदघाटन पनि गरिने भएको छ | उक्त कार्यक्रम अधिकारिक रहेको कारण जी.टी.ए. प्रमुख बिमल गुरुङले स्थानीय रबीन्द्र भवनमा जनतालाई सम्बोधन गर्ने जानकारी सभासद थापाले दिएका छन् | राज्य सरकारको उदाशीनताकको कारण मरणसन्न अवस्थामा पुगेको जी.टी.ए. क्षेत्रको दोस्रो बृहत सिन्कोना उध्योगलाई बामफ्रन्ट र दा.गो.पा.प.को समयकालमा संरक्षणको निम्ति कुनै ठोस पहल नगरेको आरोप लगाउदै जी.टी.ए.प्रमुख बिमल गुरुङले नै यस सिन्कोना उध्योगलाई आधुनिक तरिकाले पुननिर्माण गरि संरक्षणको गर्नुपर्छ भने सोंच राखेको सभासद थापाले बताए | जी.टी.ए. चीफको सोचको कारण नै १६ बर्ष देखि बन्द अवस्थामा रहेको सिन्कोना कारखानाको पुनःनिर्माणको निम्ति आधारशिला राखिने कार्य हुने भएको छ | सिन्कोना कारखाना निर्माण हुनु भनेको जी.टी.ए.को ठूलो उपलब्धि हो र यस एतिहासिक कार्यक्रममा सिन्कोना बगानका समस्थ जनतालाई आगामी ३ अप्रेलको दिन उपस्थित भइदिने सभासद रतन थापाले अपील गरेका छन् | उक्त कार्यक्रममा सिन्कोना बगान सभासद सामुएल गुरुङ, जी.टी.ए.का सम्पूर्ण  सभासदगण, सिन्कोना बगान निर्देसक डा.जी.सी. सुब्बा लगायत रोंगो.मन्सोंग,लाटपन्चर अनि सिटोंग सिन्कोना बगानबाट श्रमिककर्मचारी अनि यूनियन साथै कर्मचारी संगठनका प्रतिनिधिगण उपस्थित रहने भएको छ |

जी.टी.ए. बन विभागका कार्यकारिणी साभासद एवम लाब्दा मङपु समष्टिका सभासद रतन थापाले मङपु सिन्कोना बगानमा अवस्थित सिम्बोडियम अर्किड पार्कको परिभ्रमण गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.