मङपुमा नतिरिएको बिजुलीको बील चार काड़ोर रुपियाँ, बीस दिन भित्र नतिरे विधुत काट्ने

Unpaid Electricity bill WBSEB
मङपु९जुलाई(केशर मोक्तान): मङपुमा बिजुलीको बील एक बर्ष भित्रमा चार कड़ोर रुपिया बाँकी भएको मङपु विधुत विभाग अधिकारीले बताएको छ  भने विधुत उपभोक्ताबर्गले उक्त बील बीस दिन भित्रमा नतिरे विभागले विधुत काट्ने चेताउनी दिएका छ | हिज स्थानीय मङपु विधुत कार्यालयमा कालेबुङ विधुत विभाग अधिकारी सोमनाथ रोय,मङपु विधुत विभाग अधिकारी संजीब राई,मोर्चा मङपु जोन सचिव रतन लामा,पार्टी सदश्य मिरेन्  बम्जन,विधुत विभाग ठेकादार नारायण थापा लगायत विभागका अन्य सदश्य सदश्यवर्ग माझ हिज एक सभा सम्पन्न भयो | सभामा विधुत अधिकारीले मङपु लगायत वरिपरि क्षेत्रबाट ५० प्रतिसत विजुली उपभोक्तावर्गले चोरी गरेर विजुली बालीरहेको खुलाशा गर्दे अब यस सम्बन्धमा बिभागले चाड़ै नै छानबिन गर्ने अनि कसैले पनि विधुत चोरी गरेर उपभोग गरेको भेटाए बिभागले कानुनी कारवाही गरिने चेताउनी दिएका छन | मङपु,सिटोङ,लाटपन्चर लगायत एन.एच.३१ए (हाईवे)को कतिपय क्षेत्रबाट उपभोक्तावर्गले बिजुलीको बील नतिरेको कारण ६८ प्रतिसत विधुत विभागलाई घाटा भएको अधिकारिवार्गले खुलाशा गरेको छ | यसरी उक्त सभामा मोर्चा मङपु जोनले पनि विधुत विभागलाई बत्तीको बील संग्रह गर्नमा सहयोग हात बड़ाउने आस्वासन दिदै विधुतको बील नतिर्ने उपभोक्तावर्गको सुची पार्टी कार्यालयमा दिने मांग गरेका छन | यसरी सभामा विभागीय अधिकारीवर्गले उपभोक्तावर्गलाई बत्तीको बील तिर्न मङपु विधुत कार्यालयमा चाड़ै नै अन्लाइन केस सिस्टम,ए.टी.एम. सिस्टमलागु गर्ने साथै मङपु वरिपरिको पुरानो बत्तीको पोलहरुलाई परिवर्तन गर्ने अनि मङपु बस स्ट्याण्ड क्षेत्रमा हाईटेनसन लाइनले बारम्बार दुर्घटना भएको कारण त्यस ठाउँको हाईटेन्सन तार पनि चाड़ै नै अन्यत्र ठाउँमा सार्ने बिभागले जानकारी दिएको छ | स्मरण रहोस हालमा भने उपभोक्तावर्गले असहयोग आनोदालन अवधिको बाकीँ बील होइन तर एक बर्ष अघि देखि यताको बील भने सम्पूर्ण रुपले बीस दिन भित्र उपभोक्तावर्गले तिर्न पर्ने भएको छ |

मङपुमा बिजुलीको बील एक बर्ष भित्रमा चार कड़ोर रुपिया बाँकी भएको मङपु विधुत विभाग अधिकारीले बताएको छ भने विधुत उपभोक्ताबर्गले उक्त बील बीस दिन भित्रमा नतिरे विभागले विधुत

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.