Tenzing Norgay Youth Hostel (Darjeeling) for GTA

Tenzing Norgay Youth Hostel Darjeeling
दार्जीलिङ,11 जुलाई (शरण गुरुङ): West Bengal govt. hand over Tenzing Norgay Youth Hostel (Darjeeling) to GTA - 
गत 16 मईमा राज्य अनि जीटीएमाझ भएको मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङको आधारमा जीटीएले राज्य सरकारलाई सुम्पिएको रोयभिल्लाको चाबी हिजो रामकृष्ण मिशनलाई सुम्पेको लगत्तै भोलिपल्ट आज राज्यले तेन्जिङ नोर्गे युथ होस्टेल(Tenzing Norgay Youth Hostel (Darjeeling) जीटीएलाई हस्तान्तरण गर्यो। आज युथ होस्टेलमै राज्य सरकारको तर्फबाट डिस्ट्रीक्ट युथ अफिसर नमो ल्हमु शेर्पाले जीटीए युथ सर्भिसेस अफेयर्स डिपार्टमेन्टका सभासद् कर्णल रमेश आले अनि एक्जीक्युटिभ डाइरेक्टर साम्तेन डुक्पालाई लिखितरूपमा युथ होस्टेल हस्तान्तरण गरे।  राज्य सरकारको तर्फबाट होस्टेललाई हस्तानान्तरण सकिएपछि जीटीए युवा विकास विभागका सभासद् एवं डेप्युटी चीफ कर्णल रमेश आलेले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, 16 मईको मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ अनुसार जीटीएले रोयभिल्ला राज्य सरकारको सूचना एवं संस्कृति विभागलाई हस्तान्तरण गरेको थियो। रोयभिल्लापछि जीटीएमा कुनै पनि युथ होस्टेलहरू नभएकोले युवाहरूलाई लिएर विभिन्न कार्यक्रमहरू गर्न जीटीएलाई समस्या पर्न जाने भएकोले जीटीएको तर्फबाट राज्य सरकार अधिनस्थ कागझोड़ाको सयपत्री युथ  होस्टेल जीटीएलाई दिने प्रस्ताव राखिएको थियो। यसै मुताविक सयपत्री युथ होस्टेलको साटोमा राज्य सरकारले तेन्जिङ नोर्गे युथ होस्टेल जीटीएमा हस्तान्तरण गर्न सहमति जनाएको थियो। सोही मुताविक आज राज्यले आधिकारीकरूपमा यो होस्टेल जीटीएलाई सुम्पिएको जसको निम्ति हामी मुख्यमन्त्री ममता व्यानर्जीलाई धन्यवाद दिन्छौ।
उक्त युथ होस्टेलमार्फत् जीटीएले युवाहरूलाई लिएर धेरैवटा कार्यहरू गर्ने पनि कर्णल आलेले बताए। युवाहरूलाई विभिन्नक्षेत्रमा प्रशिक्षित गराउने अनि मुख्यरूपले भोकेशनल ट्रेनिङ गराइने आलेले बताए। उक्त युथ होस्टेलमा लगभग 50 जना युवाहरूलाई खाने बस्ने व्यवस्था गर्न सकिने बताउँदै उनले जीटीएले यस होस्टेलमार्फत् युवाहरूको निम्ति भोकेशनल ट्रेनिङहरू गराउने उनले बताए। युवाहरूलाई लिएर गरिने जम्मै कामहरू तेन्जिङ नोर्गेको नाममा गरिने वचन आफुले अगावै दिइसकेको उल्लेख गर्दै आज तेन्जिङकै नाममा भएको युथ होस्टेल उपलब्ध हुनु सौभाग्यको कुरा रहेको बताउँदै आलेले तेन्जिङको नाममा जीटभएको तर्फबाट युवाहरूलाई लिएर थुप्रै कार्यक्रमहरू गरिने पनि बताए।
राज्य सरकारले आज जीटीएको युथ सर्भिसेस अफेयर्स विभागलाई हस्तान्तरण गरेको यो युथ होस्टेल अहिलेसम्म राज्यको युथ सर्भिसेस अफेयर्स विभागले संचालन गरिरहेको थियो। हालमा यहॉं 7 जना कर्मचारीहरू कार्यरत् छन् जीटीएमा पूर्णरूपले हस्तान्तरण नभइन्जेल यीकर्मचारीहरूको तनाखा राज्य सरकारले नै बेहोर्ने बताइएको छ।
हिजो रोयभिल्लाको चाबी सुम्पिन उत्तर बंगाल विकासमन्त्री गौतम देव स्वयं उपस्थित रहेको भएतापनि आज युथ होस्टेल जीटीएलाई हस्तान्तरण गरिदा भने उनी उपस्थित थिएनन्

दार्जीलिङ,11 जुलाई (शरण गुरुङ): West Bengal govt. hand over Tenzing Norgay Youth Hostel (Darjeeling) to GTA - गत 16 मईमा राज्य अनि जीटीएमाझ भएको मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङको आधारमा

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.