मङपु रङबी बीचकमान स्थित “देछेन थार्पलिंङ सार्बजनिक बौद्ध गुम्बा”मा पाँच दिवशीय श्याठो पुजा सम्पन्न भयो | स्थानीय धर्मगुरु टुल्कु छुलठिम अनि टुल्कु जिग्मीको नेतृत्वमा २२ डिसेम्बर देखि पाँच दिवशीय पुजा शुरु गरिएको थियो भने आज उक्त पाँच दिवशीय श्याठो पुजाको अन्तिम दिन सिक्किमबाट आएका धर्मगुरु डुब्ला साङ्गे ग्याछो रिम्पोछेको बाहुलीबाट हजारौं भक्तजनहरुलाई बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म श्याठो अभिषेक वांङ बितवारण साथै आशीर्वाद प्रदान गरियो | उक्त पाँच दिवशीय धार्मिक अनुष्ठानमा सहयोग गर्ने सम्पूर्ण भक्तजनहरुलाई गुम्बा आयोजक समितिले आभार व्यक्त गरेका छन | आजको श्याठो अभिषेक ग्रहण गर्न दार्जीलिंङ,सिक्किम,डुवार्स,सिलगडी,कालेबुङ,मिरिक आदि क्षेत्रहरुबाट हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो |
देछेन थार्पलिंङ सार्बजनिक बौद्ध गुम्बामा श्याठो पुजाको समापन
27Dec2014
Post a Comment